ताजा अपडेट »

मनसुन अझै बाहिरिएन, आज यी स्थानमा हुँदैछ भारी वर्षा

शनिबार, १६ असोज २०७८

काठमाडौं ।  यो वर्ष पनि मनसुन ढिलोगरी बहिरिने भएको छ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो प्रक्षेपण अनुसार आज शनिबार मनसुन बाहिरिनुपर्ने भए पनि मनसुनी प्रभाव कायमै छ । मनसुन कहिले बाहिरिन्छ भनेर यकीन भन्न नसकिने मौसमविदहरूले बताएका छन् । 

शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली छ।  बागमती, गण्डकी, प्रदेश २ र लुम्बिनीका थोरै स्थानमा वर्षा भएको छ ।दिउँसो प्रदेश २ का धेरै र अरू प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र २ का धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ  । प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ।