बुटवल । नेपाल पावर लिफ्टिङ्ग संघको तत्वाधानमा व्यायाम व्यवसायी सङ्घ रुपन्देहीको आयोजनामा हुन गहिरहेको प्रथम रुपन्देही जिल्ला स्तरीय पावर लिफ्टिङ्ग प्रतियोगिता-२०७८ हुँदैछ । उक्त आयोजनाको सम्पुर्ण तयारी पुरा भएको आयोजक समितिका अध्यक्ष बिजेन्द्रमान श्रेष्ठले जानकारी दिएका छन् । आज भएको छनोट चरणको कार्यक्रम अन्तर्गत महिला र पुरुष समुह गरेर ३० जना खेलाडीहरु छनौट चरण पार गर्दै फाइनल राउण्डका लागि प्रवेश गरेका छन् ।
शनिबार बुटवल ३ स्थित सिद्धबाबा पार्टि प्यालेसमा हुने फाइनल राउण्डमा पुरुष ६५ केजी भन्दा माथि ६५ केजी भन्दा मुनिको समुह महिला तर्फ ६० केजी भन्दा माथी र ६० केजी भन्दा तल गरी दुई समूहमा जम्मा चारवटा चरणमा प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रमाणपत्र, ट्रफी, मेडल सहित नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका सचिव चन्द्रमान श्रेष्ठले बताए । प्रतियोगिताका लागि नगद ३४ हजार पुरस्कार राशीको व्यवस्था रहेको उनले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजन सनराइज बैंकले गरेको छ ।
कार्यक्रमका लागि भन्दै संघीय राजधानीबाट आएका नेपाल पावर लिफ्टिङ्ग संघ प्रतियोगिता संचालन समितीका सचिव सुरेश सुवेदी, सदस्य उत्सब अधिकारी, मुख्य निर्णायक बुद्धिजंग कार्की, निर्णायक सुकदेव कार्कीलाई आज भैरहवा विमानस्थलमा स्वागत गरिएको थियो । उक्त कार्यक्रममा रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया