ताजा अपडेट »

बुटवल उद्योग वाणिज्य संघमा ईलेक्टोनिक्स बस्तुगत समिति गठन

शुक्रबार, १५ असोज २०७८

बुटवल । बुटवल उद्योग बाणिज्य संघमा ईलेक्ट्रोनिक्स बस्तुगत समिति गठन गरिएको छ । बिहीबार संघमा भएको सदस्य व्यवसायीहरुको बैठकले दीपा खान्जुको सभापतित्वमा उक्त बस्तुगत समिति गठन गरिएको हो ।

गठित समितिको उपसभापतिमा शौभाज्य सिमाङ्गैडा, सचिवमा विराज जोशी, कोषाध्यक्षमा गंगाप्रसाद पौडेल र कार्यसमिति सदस्यहरुमा भूपराज न्यौपाने, जीवनाथ पन्थी, किशोर बर्मा, विजेन्द्र कसौधन, नारायण रायमाझी, कृष्णप्रसाद पाण्डे तथा तिलक ध्वजुलाई चयन गरिएको छ ।

त्यस्तैगरी टेकप्रसाद श्रेष्ठ र महेन्द्रप्रसाद श्रेष्ठलाई सल्लाहकारमा चयन गरिएको छ । त्यस अवसरमा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उद्योगी व्यवसायीको हक हित, औद्योगिक विकास तथा यस क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा संघले खेलेको भूमिका स्मरण गर्दै व्यबसाकि समस्या पहिचान गर्न आग्रह गरे ।

उनले बस्तुगत समितिले पहिचान गरेका समस्या समाधानको लागि संघले पहल र पैरवी गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । त्यसैगरी संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरेले गठित समितिले सबैलाई समेटेर अगाडी बढ्न र व्यवसायिक बिकासमा काम गर्न सुझाव दिए ।