बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको बर्माचोक स्थित आफ्नै घरमा गत जेठ १४ गते दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेकी २३ वर्षिया विनिता, बिष्णु बराल भट्टराईका श्रीमान ३० वर्षिय प्रदिप भट्टराई र उनकी आमा कुर्त भट्टराई आत्माहत्या दुरुसाहन मुद्दामा २८ दिन थुनामा बसेर आमा छोरा गरी ९ लाख धरौटी तिरेर निस्केको मृतकका माइतीले बताएका छन्।
‘हिजो बिहीबार मात्रै त्यस मुद्दामा बयान लिन अदालतमा बोलाइएको थियो। उनीहरु आमा-छोरा मध्ये छोरालाई ५ लाख र आमालाई ४ लाखसहित ९ लाख धरौटी तिराएर छाडियो,अब मुद्दा फैसला दशैं पछाडि हुन्छ होला।’ तिलोत्तमाका बासिन्दा एवम् मृतक विनिताका आफन्त गोविन्द क्षेत्रीले भने ।
कास्कीको पोखरा महानगरपालिका- २२ , पुन्धीगुन्धी दोबाटो निवासी विनिताको बैशाख १७ गतेका दिन भव्य विवाह भएको थियो भने मृत्यु हुने दिन विवाहको २७ दिन भएको थियो ।
प्रतिक्रिया