ताजा अपडेट »

प्रधानमन्त्री मोदीद्वारा राष्ट्रपति कोविन्दलाई जन्मोत्सवको शुभकामना व्यक्त

शुक्रबार, १५ असोज २०७८

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामनाथ कोविन्दको ७६ औं जन्मोत्सवको उपलक्ष्यमा उनको सुस्वास्थ्य र दीर्घ जीवनको निम्ति शुभकामना व्यक्त गरेका छन्। शुक्रबार राष्ट्रपति भवन पुगेका प्रधानमन्त्री मोदीले शुभकामना व्यक्त गर्दै राष्ट्रपति कोविन्द गरीब र सीमान्तकृत वर्गको उत्थान र तिनीहरूको सामाजिक मूल प्रवाहीकरणकोका निम्ति उदारहणीय नेता रहेको बताए । राष्ट्रपति कोविन्दले २५ जुलाई २०१७ मा भारतको १४ औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण लिए। -रासस