बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ जेष्ठ नागरिकहरुको संरक्षण र जीवन निर्वाहका लागि लुम्बिनी प्रदेश सरकारकारले प्राथमिकताका साथ अगाडि बढाउने बताए । मुख्य मन्त्रीले यस्तो विचार ३१ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस २०७८ मा संघीय महिला तथा बालबालिका मन्त्रालयले आयोजना गरेको भर्चुअल माध्यमबाट भएको कार्यक्रममा बताएका हुन् ।
मुख्यमन्त्री कुलप्रसाद केसीले सबै लुम्बिनी प्रदेश र देश विदेशमा रहनुभएको जेष्ठ नागरिकहरुमा लुम्बिनी प्रदेश सरकारको तर्फबाट शुभकामना व्यक्त गरे । उनले जेष्ठ नागरिकको जीवनयापनका लागि लुम्बिनी प्रदेश सरकारकारबाट ज्येष्ठ नागरिकको संरक्षणका लागि सञ्चालित बृद्धाश्रमलाई सहयोगको व्यवस्था रहेको बताए ।
ज्येष्ठ नागरिक मिलन केन्द्रहरूको स्थापना र सञ्चालनमा सहयोग कार्यक्रम, ज्येष्ठ नागरिक अधिकार सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरिएको, ज्येष्ठ नागरिक सम्मान तथा संरक्षण कार्यक्रम प्रस्ताव गरिएको, रूपन्देही जिल्लाको सैनामैना नगरपालिकामा प्रदेशस्तरिय ज्येष्ठ नागरिक ग्राम निर्माण कार्य अगाडी बढेको, जेष्ठ नागरिक केन्द्रित कोभिड १९ कार्यक्रम, सञ्चालन गरेको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले बताए ।
मुख्यमन्त्रीले प्रदेश सरकारले ज्येष्ठ नागरिक वृद्धाश्रम सञ्चालनलाई चालु अनुदानको व्यवस्था गरिएको, हरेक स्वास्थ्य सँस्थामा जेष्ठ नागरिक वार्डरबेड राख्ने व्यवस्था गरिएको बताउँदै जेष्ठ नागरिकहरूको अधिकार महत्व दिदै जेष्ठ नागरिक मन्त्रालय स्थापना गरी कार्य प्रारम्भ गरिएको बताए ।
प्रतिक्रिया