भाद्र २२,
काठमाण्डौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता देवप्रसाद गुरुङ्गले सर्वौच्च अदालतले एनसेल मुद्दामा गरेको फैसलाप्रति आपत्ति जनाएका छन् । उनले सर्वौच्चको फैसलाले अरबौं रकमको घोटला भएको भन्दै आदेश बेठिक भएको बताए ।
‘भदौ ९ गते सर्वौच्च अदालतले एनसेलको पुँजीगत लाभकरको विषयमा जुन निर्णय गरेको छ, त्यो आदेशको सन्दर्भमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’ गुरुङले भने, ‘त्यो आदेशले राज्य कोषको अरबौंको घोटला गराएको छ ।’ नेता गुरुङ्गले सर्वौच्चको आदेश आफैंमा विवादमा परेको भन्दै सरकारले पुनरावलोकनको लागि तुरुन्त अपिल गर्नुपर्ने बताए । ‘त्यो आदेश विगत ०७५ माघ २३ मा भएको सर्वौच्चको पूर्ण इजलासले गरेको फैसलाको उल्लंघन गरेको छ, त्यसकारणले गर्दा यो आदेशको विरुद्धमा सरकारको तर्फबाट तुरुन्तै पुनः अपिल गर्न आवश्यक छ, पुनरावलोकन गर्न जरुरी छ’, गुरुङ्गले भने ।
आइतबार प्रतिनिधि सभामा बोल्दै प्रमुख सचेतकसमेत रहेका नेता गुरुङ्गले आदेशको बृहत पुर्णइजलासबाट पुनरावलोकन गर्नुपर्ने बताए । उनले आदेशप्रति सरकारको गम्भीर ध्यान जान आवश्यक रहेको भन्दै पुनरावलोकनको लागि विशेष पहल गर्न पनि आग्रह गरे ।
प्रतिक्रिया