बुटवल । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. इन्द्र ढकाल नियुक्त भएका छन् । बिहीबार बसेको लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टबाट डा. राजेन्द्र खनाललाई हटाएर डा. इन्द्र ढकाललाई नियुक्त गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । डा. ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त भै कामकाज गर्न अनुमति दिईएको छ ।
डा. खनाललाई भने कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक बनाईएको उनले बताए । यस्तै बैठकले लुम्बिनी प्रदेशमा कोभिड १९ महामारीको चुस्त दुरुस्त व्यवस्थापन गर्नका लागि कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया