ताजा अपडेट »

किर्गिस्तान विरुद्ध नेपाल २-८ गोलले विजयी

आइतबार, २२ भदौ २०७६

भाद्र २२,
ग्लोबल आवाज
बुटवल । नादेझ्दा कप फुटवल प्रतियोगिता अन्तरगत आजको खेलमा पनि नेपाली महिला टिमले उत्कृष्ट प्रदर्शन गरेका छन् । किकिर्गिस्तान विरुद्ध आधा दर्जन गोलको अन्तरमा विजयी प्राप्त गरेका नेपाली महिला टिमकी स्टार फरवार्ड सावित्रा भण्डारी एक्लैले ४ गोल गरेपछि २- ८ गोल अन्तरले विजयी हुन सफल भएको हो ।

किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको पहिलो खेलमा अनिता बस्नेतले २ तथा दिपा राई र कप्तान निरु थापाले समान १–१ गोल गरे । तेस्रो मिनेटमा कप्तान निरुको पासमा गोलको खाता खोलेकी सावित्राले १५ औं मिनेटमा नेपालको अग्रता दोब्बर पारिन् । २५ औं मिनेटमा दीपाले तथा सावित्राले ३० औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् । सावित्राकै पासमा अनिताले ३४ औं र अनिताको पासमा निरुले ३७ औं मिनेटमा गोल गर्दै नेपाललाई फराकिलो अग्रता दिलाए । पहिलो हाफमा फराकिलो अग्रता लिएको नेपालले दोस्रो हाफमा पनि आक्रमण जारी राख्यो । खेलको ५३ औं मिनेटमा सावित्राले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दा नेपालको गोल संख्या ७ पुग्यो । ८८ औं मिनेटमा मन्जलीकुमारी योन्जनको प्रहार पोस्टमा लागेर बाहिरिंदा नेपालले अग्रता बढाउन सकेन । निर्धारित समयको अन्तिम मिनेटमा अनिता बस्नेतले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट फिनिस गर्दै गोल अन्तरलाई आधा दर्जन पुर्याउन सफल भईन् ।
किर्गिस्तानले १९ औं र २२ औं मिनेटमा गरी दुई गोल फर्काएको थियो ।


यसअघि आजै भएको पहिलो खेलमा उज्बेकिस्तानले ताजिकिस्तानमाथि १२–० को फराकिलो जित दर्ता गरेको थियो । पहिलो चरणको खेल सकिंदा उज्बेकिस्तान शीर्षस्थानमा छ भने नेपाल गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ । नादेझ्दा कपमा सहभागी चार देशका टोलीले ५ दिनमा ४ खेल खेल्नु पर्नेछ । नेपालले भोली हुने खेलमा उज्वेकिस्तानसँग खेलेपछि पर्सी मंगलबार ताजिकिस्तानको सामना गर्नेछ । राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले बिहीबार उपाधिका लागि खेल्नेछन् । तेस्रो स्थानको खेल पनि बिहिबारनै हुनेछ ।