बुटवल । लाफा समुह बुटवलको आयोजनामा भोलिदेखि बि लेभल पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । खेलकुद क्षेत्रलाई व्यवस्थित गर्दै युवा खेलाडीलाई व्यावसायिक बनाउने उद्धेश्यका साथ लाफा समुहको आयोजनामा भोलिदेखि ३ दिने बि लेभल पुरुष भलिबल प्रतियोगिता २०७८ हुने भएको हो ।
दिपनगरस्थित शिवनगर सामुदायिक वनमा रहेको खेल मैदानमा प्रतियोगिता सम्पन्न हुने समुहका अध्यक्ष तारा रेश्मीमगर जानकारी दिए । प्रतियोगितामा विभागिय र राष्ट्रिय प्रतियोगितामा सहभागी नभएका देशभरका विभिन्न जिल्लाका ३० वटा युवाहरुको टिमको सहभागिता रहने उनले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ४० हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिनेछ ।
यसैगरि दोस्रो टिमले नगद २० हजार, तृतिय टिमले नगद १० हजार रुपैया तथा सान्त्वना टिमले नगद ५ हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिनेछ । प्रतियोगिता संचालनमा ९ लाख १५ हजार खर्च हुने अनुमान खेल संयोजक केशव रानाले बताए । खेलप्रेमी र विभिन्न संघसंस्थाहरुको सहयोगबाट प्रतियोगिता गर्न लागेको उनले बताए ।
प्रतिक्रिया