बुटवल । नेपालमा थप १ हजार ७८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ८ हजार ५५५ र एन्टिजेन विधिबाट ३ हजार २१० जनामा परिक्षण गर्दा १ हजार ७८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १६८ रहेको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९५ हजार ६१ र एन्टिजेनबाट ९१ हजार ५५३ जना पुगेको छ । यस्तै, नेपालमा थप ९११ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६५ हजार ७५८ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार १३५ पुगेको छ ।
प्रतिक्रिया