भाद्र २२,
काठमाण्डौं । काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत(सिइओ) चन्द्र सिंह साउदले शेयर बजारमा कालोधन सकिदै गएकाले बजार घटिरहेको बताएका छन् । आइतबार नेप्से सिइओ साउदले कालोधन कारोबार तर्फ इंगित गर्दै उनले भने ’कारोबार र इन्डेक्स दुवै घटेको छ, व्हाईट मनीको मात्र कारोबार भएको र ब्ल्याकमनीको कारोबार नभएर इन्डेक्स घटेको हो उनको भनाइ रहेको थियो ।
आइतबार नेपाल आर्थिक पत्रकार संघ नाफिजको १० औ वार्षिकोत्सव तथा साधारणसभालाई सम्बोधन गर्दै सीइओ साउदले यस्तो बताएका हुन् । उनले भने, अन्तर्राष्ट्रिय स्तरको अटोमेसन कारोबारको सिस्टम लगानीकर्ताले चलाउन नसक्ने दावी गरेका हुन । शेयरबजारको हालको अनलाईन सिस्टम चलाउन पनि लगानीकर्तालाई कठिन भएको उनले बताए । अहिले नेपालका लगानीकर्ताको शिक्षा र प्रणाली नेपालको हावापानी सुहाउँदो भएको बताए । उनले लगानीकर्ताले ५० वटा ब्रोकरसँग गरेको कारोबार ५० ठाउँमा देखिने गरेकोमा अहिले ति सबै कारोबार एकै स्थानमा देखिने भएकोले पारदर्शिता बढेको बताए ।
सोहि कार्यक्रममा बोल्दै ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले शेयर बजारमा आत्मविश्वास बढाउने किसिमका नीतिहरु निर्माणमा गर्न सरकारलाई सुझाव दिएका थिए । - आर्थिकन्यूज
प्रतिक्रिया