ताजा अपडेट »

ईपीएलमा आज दुई खेल

विहीबार, १४ असोज २०७८

काठमाडौँ । ईपीएल टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स-११ र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुदैछ ।  आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स प्रतिस्पर्धा गर्दैछन् ।

काठमाडौं र चितवनबीचको खेल बिहान ९:३० बजे शुरू हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजीमा छ । सोमपाल कामीको कप्तानी रहेको चितवन समेत दोस्रो जितको खोजीमा छ ।भैरहवा र ललितपुरबीचको खेल दिउँसो १:३० बजे शुरू हुनेछ । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा दोस्रो जित निकाल्न चाहन्छ भने ललितपुर पहिलो जित निकाल्न चाहन्छ ।