ताजा अपडेट »

‘कोभिडका कारण गन्ध हराएकालाई भिटामिन ए प्रभावकारी’

विहीबार, १४ असोज २०७८

लन्डन । कोभिडका कारण गन्ध हराउने लक्षणको उपचारमा नाकमा हाल्ने भिटामिन एको थोपा प्रभावकारी हुने वेलायती अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । इस्ट एंगिला विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले यस्तो दाबी गरेका हुन् । 

यस बारेमा अनुसन्धानकर्ताहरुले १२ साता लामो परीक्षण गरिरहेका छन् । परीक्षणकै क्रममा गन्ध थाहा नपाएका केही बिरामीलाई उपचार गरिने भएको छ ।  बिरामीलाई  गुलाफको फुल र कुहिएको अन्डाको गन्ध सुँध्न लगाइने छ । त्यसपछि भिटामिन एले गन्धसम्बन्धी नशालाई ठिक बनाएको वा नबनाएको निस्कर्ष निकालिनेछ । गन्ध थाहा पाउन सक्ने क्षमता हराउनु कोभिडको प्रमुख लक्षण हो ।  कोभिडका केही बिरामी लामो समयसम्म गन्धसम्बन्धी समस्याबाट पीडित छन् । एजेन्सी