ताजा अपडेट »

आइपिएल: राजस्थानमाथि बैंगलोर ७ विकेटले विजयी

विहीबार, १४ असोज २०७८

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा बैंगलोरले राजस्थानलाई ७ विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको १४९ रनको लक्ष्य पछाएको बैंगलोरले १७.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउदै १४९ रन बनाएको थियो ।

यो जितपछि बैंगलोरले ११ खेलमा ७ जित हासिल गर्दै १४ अंक बनाएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।त्यस्तै राजस्थान रोयल्सको भने यो ११ खेलमा सातौं हार हो । ४ खेल जितेको राजस्थानको ८ अंक छ । राजस्थान अब प्लेअफमा छनौट हुन लगभग नसक्ने अवस्थामा पुगेको छ ।