काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले भिल्ला रियललाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम मिनेटमा गरेको निर्णायक गोलमा युनाइटेड २-१ गोल अन्तरले विजयी भएको हो ।
युनाइटेडका लागि एलेक्स टेलेजले खेलको ६०औ मिनेटमा गोल गरेका थिए भने रोनाल्डोले खेलको ९५औं मिनेटमा गोल गरेका थिए ।त्यस्तै भिल्ला रियलका लागि खेलको ५३औ मिनेटमा पाको अल्कासेरले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।
योखेलसँगै रोनाल्डो च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा बढी १७८ खेल खेल्ने खेलाडी बनेका छन् । उनले यस अघि इकर कासीलासको १७७ खेलको रेकर्डलाई बराबरी गरेका थिए ।त्यस्तै रोनाल्डो च्याम्पियन्स लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । उनले अहिलेसम्म १३६ गोल गरेका छन् ।
यो जितपछि म्यानचेस्टर युनाइटेडको समुह एफ मा २ खेलमा ३ अंक भएको छ । त्यस्तै भिल्ला रियलको भने २ खेलमा एक अंक रहेको छ ।
प्रतिक्रिया