काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत युभेन्टसले लगातार दोस्रो जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा युभेन्टसले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसको जितमा फेडेरिको चिएसाले खेलको ४६औ मिनेटमा गरेको गोलनै निर्णायक गोल बनेको थियो ।योजितपछि समुह एचमा रहेको युभेन्टसको २ खेलमा ६ अंक भएको छ भने चेल्सीको २ खेलमा ३ अंक रहेको छ ।
प्रतिक्रिया