ताजा अपडेट »

काम्ले टटरीमा नयाँ नेतृत्व चयन

आइतबार, २२ भदौ २०७६

भाद्र २२,
बुटवल । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर १ मा रहेको काम्ले टटरी सामुदायीक वन उपभोक्ता समूहको २७ औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । लिलाबहादुर सारुको अध्यक्षतामा गठन गरिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा ठगीकुमारी पुन, सचिव तेजकुमारी तरामु, कोषाध्यक्ष गुनबहादुर सारु तथा सह-सचिव विमाकुमारी घर्ति रहेका छन् । समूहको सदस्यहरुमा पूर्णकला गलामी, हरिकला पुलामी, गमबहादुर तरामु, पार्वती न्यौपाने, विष्णुप्रसाद भण्डारी, रामबहादुर बुचा र खेमबहादुर रास्कोटी रहेका छन् ।


समूहको कार्यालय परिसरमा भएको साधारण सभाले ङणप्रसाद न्यौपानेको संयोजकत्वमा अनुगमन तथा दुर्गाबहादुर थापाको संयोजकत्व रहने गरी ३ तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । कार्यक्रममा निवर्तमान अध्यक्ष विपना सुस्लिङको संस्थागत प्रतिवेदन, सचिव विरबहादुर रानाको कार्यप्रगति प्रतिवेदन तथा कोषाध्यक्ष गुनबहादुर सुस्लिङको आर्थिक प्रतिवेदन सर्वसहमतिले पारित गरेको छ ।