भाद्र २२,
बुटवल । नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ लुम्बिनी शाखाको आठौं अधिबेशनसम्पन्न भएको छ । अधिबेशनको उद्घाटन गर्दै संघका केन्द्रीय अध्यक्ष चित्र बहादुर गुरुङले पशुपंक्षीहरुको स्वास्थ्य सेवा संवेदनशील विषय भएको बताए ।
बोल्न नसक्ने भएकाले पशुपंक्षीको उपचारमा लक्षणको आधार हेरी औषधीको प्रयोग गरिने बताउँदै उनले भने ‘उनिहरुको स्वास्थ्ये सेवा निकै जोखिम कार्य हो, सम्बेदनशील क्षेत्रमा बढी जिम्मेवार र होसियार पुर्बक काम गर्नका लागि आग्रह गर्दछु ।’ यसैगरी नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ प्रदेश ५ का संयोजक चित्र कुमार गौतमले एग्रोभेट संचालन गर्दा तालिम प्राप्त र पशु चिकित्सामा अनुभव भएका दक्ष जनशक्तीबाट हुनु पर्ने वताउँदै पशुपंक्षी औषधी ब्यबसायलाई गुणस्तर र सेवामुलक बनाउन सबै ब्यबसायी जिम्मेवार भै लाग्नु पर्नेमा जोड दिए । अधिबेशनबाट आगामी दुई बर्षका लागि राम प्रसाद भट्टराको अध्यक्षतामा नौ सदस्यिय नयाँ कार्य समिति चयन गरिएको छ । निर्वाचन समितिका संयोजक सुमन अधिकारीका अनुसार उपाध्यक्षमा जित बहादुर जि.सि., सचिब पिताम्बर खरेल, कोषाध्यक्ष शसीधर सापकोटा र सहसचिब निरज पौडेल निर्वाचित भएका छन् । सदस्यहरुमा झबिन्द्र बेलबासे, गणेश भुषाल, सुर्य प्रसाद बस्याल र केशबराज भण्डारी रहेका छन् । बिष्णु प्रसाद रेग्मीको संयोजकत्वमा तीन सदस्यिय लेखासमिति चयन भएको छ । सदस्यहरुमा ठाकुर प्रसाद बस्याल र ज्योती प्रसाद पौडेल रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष राम प्रसाद भट्टराईले आफ्नो कार्यकालमा ब्यबसायीहरुको हक हित र दक्ष जनशक्ती बनाउन सदैब तत्पर रहने, पशुपंक्षी औषधी ब्यबसायलाई सेवमूलक र गुणस्तरीय बनाउन ब्यबसायीहरुको सहकार्य र सल्लाहमा योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ लुम्बिनी शाखाका अध्यक्ष लक्षमण घिमिरेको अध्यक्षतामा सम्पन्न अधिबेशनमा कोषाध्यक्ष शसिधर सापकोटाले संघको आर्थिक प्रतबेदन प्रस्तुत गरेका थिए भने संघका उपाध्यक्ष राम प्रसाद भट्टराईको स्वागत र सचिब पिताम्बर पोख्रेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।
प्रतिक्रिया