काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले जित निकालेको छ। मंगलबार राति सम्पन्न खेलमा मुम्बईले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो।जितको लागि १३६ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ४५, हार्दिक पाण्ड्याले अविजित ४०, क्विन्टन डी ककले २७ रन बनाए। कायरन पोलार्डले अविजित १५ रन बनाए। पन्जाबका रवी बिस्नोइले दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। पन्जाबका ऐडेन मार्करमले ४२, दीपक हुडाले २८, केएल राहुलले २१ र मन्दीप सिंहले १५ रन बनाएका थिए। क्रिस गेल भने १ रनमा आउट भएका थिए। मुम्बईका लागि जस्प्रित बुमराह र पोलार्डले समान २/२ विकेट लिए।मुम्बई अंक तालिकाको पाँचौं स्थानमा रहेको छ भने पन्जाब छैटौं स्थानमा छ।
प्रतिक्रिया