काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले अप्रत्याशित हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा मोल्ड़ोभियन क्लब शेरिफसँग रियल म्याड्रिड २-१ गोल अन्तरले पराजित भएको हो ।शेरिफको जितमा जासुरबेकयाखशि बोएभ र सेबास्टिएन थिलले एक एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि करिम बेजन्माले पेनाल्टीबाट गोल गरेका थिए ।शेरिफले खेलको २५औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता लिएको थियो भने रियल म्याड्रिडले खेलको ६५औ मिनेटबाट पेनाल्टीमा गोल गर्दै बराबरी गरेको थियो ।
त्यसपछि खेलको ८९औ मिनेटमा शेरिफले गोल गर्दै रियल म्याड्रिडलाई स्तब्ध पारेको थियो । १९९७ मा स्थापित क्लब शेरिफले च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई उसकै घरेलु मैदानमा पराजित गरेर पहिलो अवे खेलमा जित हासिल गर्दै नयाँ इतिहास बनाएको छ ।
योजितपछि शेरिफले समुह डी मा दुवै खेल जितेर २ खेलमा ६ अंक हासिल गर्दै शिर्ष स्थानमा छ । शेरिफले यसअघि पहिलो खेलमा शख्तर डोनेटस्कलाई २-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै रियल म्याड्रिडको २ खेलमा ३ अंक रहेको छ । यस समुहमा इन्टर मिलान र डोनेटस्कको २-२ खेलमा १-१ अंक रहेको छ ।
प्रतिक्रिया