ताजा अपडेट »

म्यानचेस्टर सिटीमाथि पिएसजीको सजिलो जित, मेसीले गरे डेभ्यु गोल

बुधबार, १३ असोज २०७८

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पिएसजीले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।पिएसजीको जितमा इड्रीसा गुएये र लियोनेल मेसीले एक एक गोल गरेका थिए ।

गुएयेले खेलको आठौ मिनेटमा पहिलो गोल गरेका थिए भने खेलको ७४औं मिनेटमा मेसीले पिएसजीका लागि दोस्रो गोल गरेका थिए ।पिएसजीमा मेसीका लागि भने यो पहिलो गोल थियो । योसँगै मेसीले पिएसजीमा आफ्नो डेभ्यु गोल गरेका छन् । उनले किलियन एम्बाप्पेको असिस्टमा यो गोल गरेका थिए । मेसीले पिएसजीका लागि चौथो खेल खेल्दै आफ्नो पहिलो गोल गरेका छन् ।

योजितपछि पिएसजीको समुह ए मा २ खेलमा ४ अंक भएको छ ।  पिएसजीले यस अघि क्लब ब्रुगेसँग खेलेको खेल १-१ गोलको बराबरीमा रोकिएको थियो ।त्यस्तै समुह ए मा क्लब ब्रुगेको पनि २ खेलमा ४ अंक भएको छ भने म्यानचेस्टर सिटीको २ खेलमा ३ अंक रहेको छ । त्यस्तै आरबी लेइपजिंगले भने आफ्ना दुवै खेल गुमाएको छ ।