ताजा अपडेट »

रुपन्देहीमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु

मंगलबार, १२ असोज २०७८

बुटवल । रुपन्देहीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोहिणी गाउँपालिका–५ का ३२ वर्षीय अमित कुमार उपाध्याय रहेको इलाका प्रहरी कार्यालय धकधईले जनाएको छ ।

उपाध्याय सोमबार पौडी खेल्ने क्रममा डुबेर घाइते भएको प्रहरीले जनाएको छ । लगत्तै उनलाई उपचारको लागि भैरहवा स्थित भिम अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।