भदौ २१,
तनहुँ । गण्डकी प्रदेश सरकारले बाख्राको मासुमा आत्मनिर्भर बन्न एक करोड ८० लाख रूपियाँकाे वोयर जातको बोका खरीद गर्ने भएको छ ।जनही तीन लाखको दरले ६० वटा वोयर बोका खरीद उक्त वजेट व्यवस्था गरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।शुद्ध वोयर अष्ट्रेलियाबाट आयात गरिने भएको छ ।
उक्त बोका गण्डकी प्रदेशमा प्रजनन्को लागि व्यवसायिक रुपमा उन्नत जातका पशु पाल्दै आएको कृषक, कृषक समुह वा समितिले स्थानीय तहको सिफारिसमा अनुदानमा पाउने केन्द्रले जनाएको छ ।छिटो बढ्ने हुँदा कृषकलाई फाईदा हुने र नेपालको हावापानी सुहाँउदो भएकोले वोयर बोका खरीद रकम निकास गरिएको डा.श्रेष्ठ बताउनुहुन्छ । नश्ल सुधार गरी बाख्राको मासु उत्पादन बृद्धि खसीरबोका भारतबाट ल्याउनु पर्ने वाध्यता अत्य गर्ने उद्धेश्य अनुरुप बोयर बोका ल्याउन लागिएको केन्द्रले जनाएको छ ।- अमरराज नहर्की /गोरखापत्र
प्रतिक्रिया