ताजा अपडेट »

जापानको पूर्वी तटमा उत्तर कोरियाले गर्‍यो प्रोजेक्टाइल प्रहार

मंगलबार, १२ असोज २०७८

प्योङयाङ । उत्तर कोरियाले जापानसम्म पुग्ने प्रोजेक्टाइल प्रहार गरेको छ । उत्तर कोरियाले प्रहार गरेको प्रोजेक्टाइल जापानको समुद्रसम्म पुगेको दक्षिण कोरियाको सेनाले मंगलबार जनाएको छ । दक्षिण कोरियासँग शान्ति वार्ता गर्ने बताइरहेका बेला उत्तर कोरियाले प्रोजेक्टाइल प्रहार गरेको हो । 

उत्तर कोरियाले पछिल्लो समयमा एकपछि अर्को आणविक परीक्षण गरेको छ । यसै महिनाको सुरुमा उत्तरले क्रूज मिसाइल प्रहार गरेको थियो । त्यसको केही समयअघि जापानको पूर्वी तटमा पर्ने समुद्रमा व्यालेष्टिक मिसाइल प्रहार गरेको थियो । प्रोजेक्टाइलमा व्यालेस्टिक मिसाइल राखिएको हुन सक्ने जापानको रक्षा मन्त्रालयले अनुमान गरेको छ । व्यालेस्टिक मिसाइल प्रहार गर्न राष्ट्रसंघले प्रतिबन्ध लगाएको छ ।