ताजा अपडेट »

रोटरी र रोट्रयाक्टद्वारा आँखादान अभियान

शनिबार, २१ भदौ २०७६


भदौ २१,
ग्लोबल आवाज
बुुटवल । रोटरी क्लब अफ भैरहवा र रोट्रयाक्ट क्लब अफ भैरहवाको संयुुक्त आयोजनामा आँखा दान कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थनगरपालिका –९ बर्मेली टोल स्थित एक पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा ७५ जनाले आँखा दान गरेका छन् । रोटरीका अध्यक्ष मनिष भट्टराईको अध्यक्षता र ए.जि. राजेन्द्र ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रण अम्बिका शाह अस्पतालका आँखा विशेषज्ञ डाः सुशिला पटेलले आँखादान बारे प्रकाश पारेकी थिइन् ।

सो अवसरमा प्रमुख अतिथिद्वारा रोटरी क्लब अफ भैरहवा वर्ष १९/२० को स्मारिका विमोचन गरिएको रोट्रयाक्ट तथा रोटरी क्लब भैरहवाका भाइस प्रेसिडेण्ट राज कुमार गुप्ताले बताए । कार्यक्रमको सञ्चालन उमेश आचार्यले गरेका थिए । रोटरी र रोट्रयाक्टले मृत्युपछि नष्ठ हुने तर दान गरेमा अरुले प्रकाश प्राप्त गर्ने अतुलनीय अंग आँखादान सम्बन्धी सचेतना र अभियानलाई निरन्तरता दिँदै आएको छ ।