ताजा अपडेट »

सुप्रिम सिमेण्टको डिलर्स मिट तथा सम्मान

शनिबार, २१ भदौ २०७६


भदौ २१,
ग्लोबल आवाज
भैरहवा । सुप्रिम सिमेण्ट्स प्रा.लि.को डिलर्स मिट –२०७६ शुक्रबार सम्पन्न भएको छ । भैरहवा स्थित होटल बोधी रेडशनमा सम्पन्न उक्त बिक्रेता भेटघाट कार्यक्रममा पूूर्व नारायणगढदेखि पश्चिम कैलालीसम्मका करिब २ सय प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कम्पनीका निर्देशक अनन्त मुरारको अध्यक्षता र कम्पनीका महाप्रबन्धक सरोज कुमार पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वित्रेता र कम्पनीका बीच अन्तरक्रिया पनि भएको थियो । सो अवसरमा सिमेण्ट्को गुणस्तर,प्रतिष्पर्धा र समयानुकुल स्तरोन्नती गर्दै अगाडि बढ्नुपर्ने साझा धारणा रहेको थियो ।

सो अवसरमा बोल्दै कम्पनीका महाप्रबन्धक पौडेलले १७ वर्ष अघि स्थापना भएको उद्योगले निरन्तर गुणस्तरीय सिमेण्ट उत्पादन गर्दै आएको बताए । उनले भने‘ यस अवधीमा बजारमा थुप्रै सिमेण्ट आएका छन् । आक्रमक तवरले विज्ञापन पनि गरिरहेका छन् । तर, सुप्रिम सिमेण्टको गुुणस्तरमा निरन्तर एकरुपता हुनाले हामी तपाइँ जस्ता डिलर र उपभोक्ताको रोजाइँमा परिरहेका छौं ।’ डिलर्सको तर्फबाट जयराम हार्डवेयर्स तम्घास,गुल्मीका राम प्रसाद पन्थीले अन्य सिमेण्ट जस्तो प्रचारमा सुप्रिम सिमेण्ट पछि रहेपनि उत्पादन र खपतमा अगाडि रहेको बताए ।

उनले भने ‘यो सिमेण्टको प्रचार नै छैन । तर, भूकम्पको समयमा ठूूला उद्योगले पनि माग पूरा नगरेको समयमा पनि आवश्यक सिमेण्ट उत्पादन तथा पूर्ति गरेको थियो । अब परिमार्जित बोरा (लेमिनेटेड) बनाउनु पर्दछ ।’ कार्यक्रममा उपस्थित सबै डिलरहरुलाई कम्पनीका निर्देशक मुरारका र महा प्रबन्धक पौडेलेले खादा र सम्मान–पत्रद्वारा सम्मान गरेको कम्पनीका प्रशासकिय अधिकृत चिरञ्जिवी ज्ञवालीले बताए । कार्यक्रममा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुती समेत रहेका थिए ।