बुटवल । बुद्ध जन्मस्थल रूपन्देहीमा विभिन्न पर्यटकीय स्थलहरू रहेका छन् । व्यस्त जीवनशैलीका बावजुत पनि घुम्न सकिने स्थानहरूको बारेमा आज हामी चर्चा गर्दैछौँ । मुख्यत: लुम्बिनी नै यहाँको सबैभन्दा चर्चित पर्यटकिय स्थल नै हो । यससँगै सिद्धबाबा मन्दिर, पर्रोहा बोलमब धाम, मुक्तिनाथ धाम लगायतका धार्मिक पर्यटकीय स्थलहरू रहेका छन् ।
यस्तै बुटवलमा रहेका ऐतिहासिक स्थाल जितगढी मणिमुकुन्द सेन उद्यान (फूलबारी), हिलपार्क, ग्लोबल पिस पार्क, मिनी फेवा ताल, मिलन पार्क पनि भ्रमणयोग्य स्थलहरू हुन् ।यस्तै तिलोत्तमा क्षेत्रमा वनबाटिका पार्क, कुञ्ज पार्क(कुञ्जलापुर) रहेका छन् भने सैनामैना क्षेत्रमा सैनामैना, मलमला टिकटक छहारी, पानी दह लगायतका पर्यटकीय क्षेत्र रहेका छन् ।
गौतम बुद्धपार्क देवदह, देवदहको पाकरी वृक्ष, गौतमबुद्ध राष्ट्रिय उद्यान देवदह लगायत देवदह क्षेत्रका पर्यटकीय स्थलहरू हुन् । यस्तै कञ्चन गाउँपालिकाको दानापुर ताल र गैडहवाको गैडहवा तालपनि यस जिल्लाका मुख्य पर्यटकीय क्षेत्र अन्तरगत पर्दछन् ।
प्रतिक्रिया