ताजा अपडेट »

जिम्बाबेका पूर्वराष्ट्रपति मुगावेको निधन

शुक्रबार, २० भदौ २०७६

भाद्र २०,
काठमाण्डौं । जिम्बाबेका पूर्वराष्ट्रपति रोबर्ट मुगावेको ९५ वर्षको उमेरमा निधन भएको छ । उनी पाँच महिनादेखि उपचारको क्रममा सिंगापुरमा रहेका थिए, उपचारकै क्रममा उनको निधन भएको हो ।

तीन दशक जिम्बाबेको शासक बनेका उनी सन् २०१७ को नोभेम्बरमा सेनाले अपदस्थ गरेपछि उनी सत्ताबाट बाहिरिएका थिए । सन् १९८० मा मुगावे जिम्बाबेको प्रधानमन्त्री निर्वाचित भएपछि प्रधानमन्त्री प्रणाली हटाउँदै उनी सन् १९८७ मा राष्ट्रपति बनेका हुन् । १९६४ मा रोडेसिया सरकारको आलोचना गरेका कारण उनले एक दशकभन्दा बढी समय जेल बस्नुपरेको थियो । उनको जन्म सन् १९२४ को फेब्रुअरीमा तत्कालीन रोडेसियामा भएको थियो ।