काठमाडौं । दशैं, तिहारमा काठमाडौं उपत्यकबाट बाहिरिनेका लागि आज (सोमबार)बाट अग्रिम टिकट बुकिङ खुला भएको छ ।
गत बिहीबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीको बैठकले असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार दशैं मनाउन उपत्यकाबाट घर फर्किन चाहनेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको हो ।
अग्रिम बुकिङका लागि यातायात व्यवस्था विभागले गत असार २९ गते समायोजन गरेअनुसार भाडा दर कायम गरेको छ ।
प्रतिक्रिया