एजेन्सी । तालिवानले अफगानिस्तानका नाऊहरूलाई दाह्री काट्न प्रतिबन्ध लगाएका छन् । नियम नमान्नेलाई सजाँय दिइने उनीहरूले चेतावनी दिएका छन् । यसअघि तालिवानले महिलामाथि विभिन्न प्रतिबन्ध लगाएका थिए । हेल्मन्ड प्रान्तका नाऊहरूले आफूहरूलाई तालिवानले अबदेखि ग्राहकका दाह्री नकाट्न निर्देशन दिएको बताए ।
तालिवानले नाऊलाई अमेरिकी सिको नगर्न फोनबाट चेतावनी समेत दिएका छन् । यसअघि तालिवानले अपह्रणको आरोप लागेका चार जनालाई हत्या गरेर उनीहरुको शव सार्वजनिक स्थलमा झन्डाएका थिए ।
प्रतिक्रिया