एजेन्सी । सरकारले ल्याएको कृषिसम्बन्धी विवादास्पद कानूनको बिरोधमा आज भारतीय किसानले भारत बन्द आयोजना गरेका छन् । ‘किसानबिरोधी’ कानुन तत्काल खारेजीको माग गर्दै संयुक्त किसान मोर्चा (एसकेएम) ले गरेको देशव्यापी बन्दका कारण भारतको जनजीवन अस्तव्यस्त बनेको छ । एसकेएम चालिस भन्दा बढी किसानहरुको संघ÷ संस्थाहरुको छाता संगठन हो ।
बन्दका कारण राजमार्ग, उद्योगधन्दा तथा कलकारखाना प्रभावित बनेका छन् । किसानको बन्द कार्यक्रकलाई प्रमुख प्रतिपक्ष कंग्रेसलेसमेत समर्थन गरेको छ ।
बन्दका कारण विभिन्न राज्यमा सरकारी तथा निजी कार्यलय, शैक्षिक संस्था, पसलसमेत बन्द छन् । किसानहरुले विभिन्न राजमार्गमा अबरोध सृजना गरेर यातायात सेवा ठप्प पारेका छन् । पन्जाब प्रान्तमा कंग्रेसका प्रान्तीय प्रमुख नभजोत सिंह सिन्धुले पार्टीका सम्पूर्ण कार्यकर्तालाई किसान आन्दोलन समर्थन गर्न आह्वान गरेका छन् ।
बिभिन्न राज्यमा नारा र जुलुससहित निस्केका किसानका कारण ट्राफिक अस्तव्यस्त बनेको छ । सरकारले ल्याएको कानुनले ठूला निजी कम्पनीलाई अनावश्यक शक्ति प्रदान गरेको र त्यसको असर कृषि क्षेत्र र किसानमा परेको किसानहरूले गुनासो गरेका छन् ।
प्रतिक्रिया