ताजा अपडेट »

पर्यटकका लागि पोखरा सुरक्षित

सोमबार, ११ असोज २०७८

पोखरा । कोरोनाका कारण शिथिल बनेको नेपालको पर्यटन व्यवसायलाई ऊर्जा पुुग्ने गरी विभिन्न १० मुलुकका राजदूत पर्यटकीय भ्रमणका लागि पोखरामा आएका छन। ४१औँ विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा सङ्घीय राजधानी काठमाडौँबाट एकसाथ राजदूत र ती देशका कूटनीतिक नियोगका उच्चस्तरीय पाहुनाहरू पोखरामा आएका हुन। ‘पोखरा घुम्नका लागि सुरक्षित छ’ भन्ने सन्देश दिन यो भ्रमण महìवपूर्ण रहने विश्वास गरिएको छ ।

गण्डकी प्रदेश सरकारको पहलमा नेपालका लागि कतार, यूएई, साउदी अरेबिया, दक्षिण कोरिया, थाइल्यान्ड, बङ्गलादेश, इजिप्ट, जर्मनी, मलेसियासहितका राजदूत पोखरा आउनुभएको हो । तीमध्ये जर्मनी, श्रीलङ्का, दक्षिण कोरिया, मलेसियाबाट धेरै पर्यटक पोखरा घुम्न आउने गर्दछन् । राजदूतको टोलीमा कूटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधिसहित २५ जना छन ।

उनीहरूलाई गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, नेपाल पर्यटन बोर्डका केन्द्रीय सदस्य विप्लव पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारी, पर्यटन सम्बद्ध विभिन्न सङ्घ/संस्थाका प्रतिनिधिले फूलमालासहित रातो कार्पेट ओछ्याएर भव्य स्वागत गरेका थिए। दुई दिनसम्म पोखरा घुम्ने टोलीलाई आइतबार साँझ गण्डकी प्रदेश सरकारले रात्रिभोज आयोजना गर्‍यो । गण्डकी प्रदेश सरकारको संयोजनमा पोखराका पर्यटन व्यवसायीसँग सम्बन्धित संस्थाहरूको समन्वयमा सोमबार विश्व पर्यटन दिवस विशेष कार्यक्रम हुनेछ ।

यस्तै सोमबार बिहान सांस्कृतिक तथा प्राकृतिक सम्पदाको भ्रमण, हाइकिङ हुने कार्यक्रम रहेको छ । उनीहरूलाई कास्कीको नाउडाँडा हुँदै खाना खानका लागि सराङकोट लगिने छ । सोमबार पर्यटन दिवससमेत परेकाले टोलीले सरकारका प्रतिनिधि र पर्यटन व्यवसायीसहित सरोकारवालाले कास्कीकोटको भुजेल गाउँदेखि कास्कीकोट दरबार हुँदै कश्यप तालसम्म हाइकिङ गर्ने कार्यक्रम छ ।

स्थानीय जनसमुदायसम्म पुर्‍याउन सकेमा समावेशी आर्थिक वृद्धि विकास हासिल गर्न सकिने विश्वास प्रधानमन्त्रीको छ । अन्तर्राष्ट्रियस्तरमा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय मञ्चहरूमार्फत पर्यटन प्रवद्र्धन र सहकार्यका प्रयासहरू हुँदै आएका परिपे्रक्ष्यमा आगामी दिनमा थप मित्रराष्ट्रहरूसँग संस्कृति, पर्यटन र हवाई सम्झौताहरूमार्फत ती प्रयासलाई विस्तार गर्ने प्रतिबद्धता प्रधानमन्त्रीको छ ।

नेपाललाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा यातायात सञ्जालमा सघन रूपमा आबद्ध गर्दै लगिने छ । त्यसैगरी पर्यटन क्षेत्र कोभिड–१९ को सङ्कटबाट ग्रस्त रहेको, व्यवसायहरू जोखिममा रहेका र कर्मचारी कामदारहरूको आम्दानी गुमेको सन्दर्भमा सरकारले यस क्षेत्रलाई पुनरुत्थान गर्न शुल्क तथा कर छुट, कोभिड–१९ विरुद्धको खोपमा प्राथमिकता दिनेलगायतका नीतिगत व्यवस्था गरेको पनि शुभकामना उल्लेख गरिएको छ ।

प्रधामन्त्री देउवाले आफ्नो सन्देशमा आगामी दिनमा पर्यटन क्षेत्रलाई जोखिम वहन गर्न सक्ने क्षेत्रका रूपमा विकास गर्न व्यवसाय बीमा, कामदार र कर्मचारीको सामाजिक सुरक्षा र पर्यटन जोखिम कोष व्यवस्थापनलाई प्रभावकारी रूपमा अघि बढाइने पनि बताए ।