ताजा अपडेट »

मुम्बईमाथि बैंगलोरको सहज जित, हर्षल पटेलले लिए ह्याट्रिक

सोमबार, ११ असोज २०७८

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा बैंगलोरले मुम्बईलाई ५४ रनले पराजित गरेको हो ।

बैंगलोरले दिएको १६६ रनको लक्ष्य पछाएको मुम्बई १८.१ ओभरमा १११ रन बनाएर अल आउट भएको थियो ।मुम्बईलाई सस्तैमा अल आउट गर्न बैंगलोरका बलर हर्षल पटेलले ह्याट्रिक लिएका थिए । ३.१ ओभरमा १७ रन दिएर ४ विकेट लिएका पटेलले १७औं ओभरमा हार्दिक पाण्डेय, केरन पोलार्ड र राहुल चहरलाई आउट गरेका थिए ।

मुम्बईका लागि रोहित शर्माले ४३ र क्वेंटन डी ककले २४ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले ग्लेन म्याक्स वेलको ५६ र विराट कोहलीको ५१ रनको मद्धतले २० ओभरमा ६ विकेट गुमाउदै १६५ रन बनाएको थियो ।

योसँगै बैंगलोरले १० खेलमा ६ जित र ४ हारसहित १२ अंक हासिल गर्दै तेस्रो स्थानमा छ भने मुम्बईले १० खेलमा छैटौ हार बेहोरेको छ ।