बुटवल । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ रुपन्देहीले छैठौं संशोधित विधानका संरचनागत परिवर्तन र व्यवस्थामा भएका परिवर्तनको बारेमा साक्षरता कार्यक्रम गरेको छ । आईतबार बुटवलमा भएको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष सिए आनन्दराज शर्मा वाग्लेले विधानमा भएको संशोधनको विषयमा प्रकाश पारे । त्यस अवसरमा उनले संघले काठमाण्डौमा निर्माण गर्न लागेको बहुउद्देश्यीय भवनको बारेमा समेत जानकारी गराएका थिए ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ रुपन्देही शाखाका अध्यक्ष सिए छविलाल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा लेखा परीक्षकको नियामक संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था रुपन्देही संयोजक सिए शिवहरी शर्मा, सदस्य सिए हरि लम्साल, सिए राजु कार्की, सगुन खनाल लगायतको सहभागिता रहेको थियो । त्यसै अवसरमा पञ्चकन्या ग्रुपमा कार्यरत सिए सगुन खनाल उक्त ग्रुपको ‘वेष्ट ईम्प्लोई अफ द ईयर’ बाट पुरस्कृत भएकोमा संघले सम्मान गरेको थियो ।
कार्यक्रममा संघका संस्थापक संयोजक सिए प्रेम भुर्तेल, सिए सुमन पाण्डे, सिए योगेन्द्र बास्तोला, सिए शंकर अर्याल लगायतले धारणा राखेका थिए । कार्यक्रम संघका सचिव सिए प्रदिप भट्टराईको सञ्चालनमा भएको थियो ।
प्रतिक्रिया