ताजा अपडेट »

दशैं-तिहार नजिकिँदै गर्दा रुपन्देहीमा सतर्कता, लाखौंका तयारी पोसाक बरामद

आइतबार, १० असोज २०७८

बुटवल । दशैं,तिहार लगाएतका पर्वहरु नजिकिँदै जाँदा रुपन्देही प्रहरीले सीमा सुरक्षा तथा अवैध कारोबारलाई कडाई गरेको छ । प्रहरीले आइतबार भारतबाट भित्र्याइएका ८ लाख मूख्य बढी पर्ने अवैध तयारी कपडा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाकाअनुसार सिद्धार्थनगर–१ नौडिहवाबाट अवैध सामग्री बरामद भएको हो । प्रहरीले ८ लाख ५९ हजार ४ सय मूल्य बराबरको तयारी पोसा बरामद गरेको हो ।

भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लु ९ प ५७१३ नम्बरको मोटरसाइकलसहित २८८ थान फूल टिसर्ट, ९० थान सर्ट, ७० थान फुल उलन जर्सी पातलो र ७३ थान फूल उलन जर्सी बाक्लो बरामद भएको प्रहरीले जनाएको छ । आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रवक्ता थापाले जानकारी दिएका छन्।