भाद्र १९,
ग्लोबल आवाज
बुटवल । बिहीबार नेप्से परिसूचकमा खराब प्रदर्शन देखिएको छ । बुधबार ३ दशमलव ८७ अंक बढेर १ हजार १९४ दशमलव ७७ विन्दुमा पुगेको नेप्से परिसुचक विहीबार भने ३ दशमलव ७ अंकले घटेर १ हजार १९१ दशमलव ०७ अंकमा रोकिएको हो ।
१ हजार १९५ दशमलव ८९ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको पहिलो घण्टामा वृद्धि भएर १ हजार १९६ दशमलव ९३ विन्दु सम्म पुगे पनि त्यसपछिका समयमा लगातार तल खस्किँदै १ हजार १ सय ८९ दशमलव ०६ अंकमा पुगेको थियो । कारोबार बन्द हुन १ घण्टा अगाडिको समयमा आसा लाग्दो स्थिती सिर्जना भएपनि १ हजार १९५ दशमलव ३७ अंकसम्म पुगेर पुनः ओरालो लाग्न सुरु भएको थियो । विहिबारको कारोबारमा नन्लाईफ इन्सुरेन्स कम्पनी तथा म्युचुअल फण्ड बाहेकका अन्य ९ शिर्षकका नेप्से परिसूचक ओरालो लागेका हुन् । यस दिनको कारोबारमा नन्लाईफ इन्सुरेन्स समूहको परिसूचक सर्वाधिक शून्य दशमलव १३ अंकले बढेर बन्द भएको छ । त्यस्तै म्युचुअल फण्टको स्थिर अंक सहित शून्य दशमलव शून्य ३ प्रतिशतले वृद्धि भएको छ । १ सय ६७ कम्पनीको कूल ९ लाख ५७ हजार ८ सय ८१ सेयरमा २९ करोड १ लाख ७७ हजार ३ सय ५७ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार बैंक समूह ०.०३, होटल समूह ३६.११, विकास बैक समूह ३.३५, जलविद्युत समूह ९.४६, वित्तीय समूह १.९२, उत्पादन मूलक समूह ७.३६, अन्य समूह ०.३५, माइक्रो फाइनान्स ३.३७, र जीवन बीमा समूह १८.०७, अंकले घटेका छन् ।
प्रतिक्रिया