भैरहवा । उद्योग ब्यपार संगठन रुपन्देहीको अध्यक्षमा अनिल कुमार ज्ञवाली सर्वसम्मतमा चयन भएका छन । ज्ञवालीको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएका छ ।शनिबार भैरहवामा सम्पन्न भएको संगठनको सातौ अधिवेशनले ज्ञवालीको नेतृत्वमा सर्वसम्मत कार्यसमिती चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा दर्पण श्रेष्ठ, उद्योग उपाध्यक्ष राम चन्द्र रेग्मी, ब्यपार उपाध्यक्षमा कृष्ण बहादुर गुरुङ, महासचिव सचिन रोक्का, कोषाध्यक्ष राममिलन यादव, सचिव टीकाराम भट्टराई र सह–कोषाध्यक्षमा मधुसुदन अर्याल निर्वाचित भएका छन् ।
यस्तै कार्यसमिति सदस्यमा एसोसिएट तर्फ सुरेन्द्र कुमार त्रिपाठी, उद्योग सदस्यमा सुरेन्द्र पाण्डे, प्रभु यादव, लक्ष्मण भण्डारी चयन भएका छन् । यस्तै महिला सदस्यमा बिन्दु न्यौपाने, माया शर्मा खनाल, बाणिज्य सदस्यमा गौतम कुमार गुप्ता, धिरज कुमार मल्लिक, राम प्रसाद सापकोटा, भोला क्षेत्री, मिनिता क्षेत्री, बिष्णु उपाध्याय र प्रकाश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । बाकी रहेका सदस्य मध्ये अध्यक्षले ३ जना र कार्यसमितिले ३ जना मनोनयन गर्ने छन् । वर्तमान कार्यसमितिमा निर्वतमान अध्यक्ष पदेन सदस्यको रुपमा रहने ब्यवस्था छ ।
पत्रकार ज्ञवाली पुरस्कृत
उद्योग ब्यपार संगठन रुपन्देहीले यसै बर्ष देखी सुरु गरेको सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारीता पुरस्कारबाट गौतम बुद्धका सम्पादक कुलमणि ज्ञवाली पुरस्कृत भएका छन् । संगठनले आफ्नो १४ औ बार्षिक साधारण सभा तथा ७ औं अधिवेशनको अवसर पारी उनलाई उक्त पुरस्कार बितरण गरेको हो । यस संगै लुम्बिनी प्रेस क्लबको सहकार्यमा बार्षिक रुपमा उक्त पुरस्कार बितरण गर्न अक्षयकोष समेत स्थापना गरिएको छ ।
प्रतिक्रिया