ताजा अपडेट »

हैदरावादमाथि पञ्जाबको ५ रनको रोमान्चक जीत

आइतबार, १० असोज २०७८

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाब किंग्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा पञ्जाबले हैदरावादलाई ५ रनले पराजित गरेको हो ।

पञ्जाबले दिएको १२६ रनको लक्ष्य पछाएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाउदै १२० रन मात्र बनाएपछि खेल ५ रनले गुमाउन पुगेको थियो ।यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाउदै १२५ रन बनाएको थियो ।

यो जितपछि पञ्जाब ९ खेलमा चौथो जित हासिल गर्दै अंक तालिकामा ८ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ ।त्यस्तै हैदारावादको भने यो यस सिजनमा आठौं हार हो । ९ खेलमा एक खेल मात्र जितेको हैदरावाद अब लगभग प्रतियोगिताबाट बाहिरिएको छ ।