ताजा अपडेट »

काँग्रेस महाधिवेशन : रुपन्देहीमा मतगणना जारी, पाँच पालिकामा सर्वसम्मत नेतृत्व

शनिबार, ०९ असोज २०७८

भैरहवा । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत आज पालिका स्तरका अधिवेशन सम्पन्न भएका छन् । रुपन्देहीमा मिश्रीत अधिवेशन भैरहेको छ । कतिपय पालिकामा निर्विरोध भएको छ भने कतिपयमा निर्वाचन प्रक्रियाबाट टुङ्गो लाग्दै छ ।

नेपाली कांग्रेस सिद्धार्थनगर नगर पालिकाको सभापतिमा कोशिश खड्का, सन्जिव शर्मा रेग्मी र सन्जिव गुरुङ भिडेका छन् । यस्तै २ जना उपसभापती पदका लागि गौरब श्रेष्ठ, घनश्याम यादव, देवराज न्यौपाने र किरण कुमार घिमिरे गरी ४ जनाले उम्मेदवारी दिएका छन् । २ जना निर्वाचित हुने सचिवको लागि टिकाराम भट्टराई, सम्राट थापा, अनिल कुमार केसि र हरिमाया गुरुङ्ले उम्मेद्वारी दिएका छन । यस्तै २ जना नै चाहिने सहसचिवको लागी ओजस शर्मा, प्रतीक भन्डारी, आदर्श गुरुङ र ३ कुमार चाइको उम्मेद्वारी परेको निर्वाचन अधिकृतले जानकारी दिए । २ सय ४२ जना मतदाता रहेको सिद्धार्थनगर नगर पालिकामा २ सय ४१ मत खसेको छ । राती ९ बजे सम्ममा सभापति पदका उम्म्ेदवार कोशिश खडकाले अग्रता लिएका छन् ।

मायादेवी गाउँपालिकामा पदम भण्डारी विजयी भएका छन् । पालिकामा भएका १ सय २३ मत मध्ये १ सय २२ मत खसेको थियो । जसमध्ये भण्डारीले ९१ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी मोहम्मद रफिक खाँनले २९ मत प्राप्त गरेका थिए । मायादेवी गाउँपालिकामा भण्डारीको प्यानलनै विजयी भएको छ । उपसभापतिमा जय कुमार यादव र मात्रिका कोहारले समान ९२ मत प्राप्त गरि बिजयी भएका छन् । यस्तै सचिवमा सुल्ताने आलमले ९३ र राकेश यादवले ९२ मत प्राप्त गरेका छन । सह सचिवमा बेलावती चौधरी र साधु यादवले पनि समान ९२ मत प्राप्त गरेको बिजयी अध्यक्ष पदम भण्डारीले जानकारी दिए । गाउँपालिकाका ४० जना सदस्य भने निर्विरोध निर्वाचित भएका छन् ।

रोहिणी गाउँपालिकामा पनि निर्वाचन प्रक्रियाबाट पारसनाथ योगी निर्वाचित भएका छन् । १ सय २५ मत रहेको रोहिणीमा योगीले ७० मत प्राप्त गर्दै आफ्नो प्रतिद्धन्द्धी अकबाल खाँलाई पराजित गरेका हुन् । खाँले ५४ मत प्राप्त गरे । सभापति बाहेक अन्य सबै पद निर्विरोध भएको रोहिणी गाउँपालिकाको उप सभापतिमा जगदिश यादव र मकसुद आलम चयन भएका छन् । सचिवमा उस्मान अलि र ईन्द्रकुमार चौधरी र सहसचिवमा राजकुमार खरविन्द र करमचन्द्र चौधरी निर्वाचित भएका छन् ।

ओमसतिया गाउपालिकामा सबै पदमा निर्विरोध भएको छ । पालिकाको सभापतिमा भगवान दास चौधरी निर्बिरोध निर्वाचित भएका छन । यस्तै उपसभापतिमा डोर बहादुर खत्री र राम प्रसाद घिमिरे, सचिवमा भुवनेश्वर प्रसाद चौधरी र भाजुराम जयसवाल तथा सह सचिवमा उमा शंकर चौधरी र विकेश प्रसाद चौधरी चयन भएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोहम्मद सईदको नेतृत्वमा नेपाली कांग्रेसको पालिका कमिटी सर्वसम्मतिमा चयन भएको छ । जसको उपसभापतिमा ब्रिजेश बरई राधेश्याम गुप्ता, सचिवमा बिरेन्द्र बहादुर तिवारी र राजन उपाध्याय तथा सह सचिवमा धर्मेन्द्र कुमार शर्मा र विजय पासी चयन भएका छन् ।

जिल्लाको दक्षिणी क्षेत्र मर्चवारको कोटहीमाई र मर्चवारी गाउँपालिकामा पनि सर्वसम्मतिमा नेतृत्व चयन भएको छ । मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव सर्वसम्मतीमा चयन भएका छन् । यस्तै उपसभापतिमा रामापति यादव र नुरुल्लाह खाँ, सचिवमा बैजनाथ बरई र आशिस कुमार चौधरी तथा सह सचिवमा सुग्रिव अहिर र प्रदिप यादव चयन भएका छन् ।

कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादवको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको छ । जसको उपसभापतिमा मनोज कुमार कलवार र नागेन्द्र यादव, सचिवमा अफजाल अहमद खाँन र रामबेलास केवट तथा सह सचिवमा सोमई विश्वकर्मा र आरजु यादव चयन भएका छन् ।मर्चवारकै सम्मरीमाई गाउँपालिकाको सभापतिमा रमेश यादव निर्विरोध निर्वाति भए पनि अन्य पदको लागी भने निर्वाचन हुने भएको क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति मुकेश यादवले जानकारी दिए । अहिले सम्म उम्मेदवारी दर्ता भए पनि त्यहा मतदान हुन सकेको छैन ।