ताजा अपडेट »

दाजुले एम्बुलेन्स चालकलाई कुट्ने,बहिनीले पत्रकारहरुलाई धम्काउँने !

शनिबार, ०९ असोज २०७८

गुल्मी। केहि दिन अघि गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीमा एक जना एम्वुलेन्स चालकलाई निर्घात कुटपिट गर्ने एक युवकका बिषयमा जिल्लाका अधिकांस पत्रकारहरुले समाचार सम्प्रेषण गरे । त्यसको विरुद्ध कुटपिट गर्ने ति युवककी वहिनीले सामाजिक सञ्जालमा पत्रकारहरुलाई जथाभावी गाली गलौज गर्दै आएकी छन् ।

असोज ६ गते साँझ गुल्मीको दोहली स्वास्थ्यचौकीका एम्बुलेन्स चालक २८ बर्षीय दानबहादुर पाण्डेलाई हुला घर भई इस्मारजस्थल बस्दै आएका लिलबहादुर अछामीले निर्घात कुटपिट गरेका थिए । माथि स्थानीय युवाले कुटपीट गरेका छन् । अछामीको कुटपिट बाट चालक पाण्डे गम्भीर घाईते भई यति बेला लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार गराई रहेका छन् ।

यता कुटपिट गर्ने अछामी मगरकी बहिनी श्रेया मगरले भने आफ्नो फेशबुकमा पत्रकारहरुलाई चोर सालाहरु भन्दै तुच्छखालको गाली गलौज गरिरहेकी छन् । उनले हाम्रो नेपालका नरपिचास साला पत्रकारहरु बुझेर मात्रै लेख, एकतर्फी नलेख भन्दै धम्काएकी छन् । उनको गाली गलौज प्रति नेपाल पत्रकार महासंघ गुल्मीले आपत्ती जनाएको छ ।

उनका दाजुको निर्घात कुटपिटबाट पाण्डेको आँखामा निल डाम छन् । आँखा माथिको हड्डी फुटेको छ ।दाँत झरेको, खुट्टा र शरिर सुन्निएको छ । राति नाक र मुखबाट रगत बगेको अवस्था फेला पाारेपछि तत्काल गुल्मी अस्ताल रेफर गरिएको इस्मा कोभिड १९ अस्पतालका प्रमुख डाक्टर निश्चल शर्माले बताए ।बिरामी घरमा लैजान स्वास्थ्यचौकी आउँदा बाटोमै कार्यालय नजिकै आफुलाई कुटपीट भएको पीडित दान बहादुर पाण्डेयले बताए। । पीडितसंगै संयुक्त एम्बुलेन्स चालक संघले जिल्ला प्रहरी कार्यालयमा घटनाका दोषिहरुलाई कारबाहीको माग गरेर उजुरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डेयले कुटपिट गर्ने अछामी मगरलाई पक्राउ गरिएको जानकारी दिए ।