ताजा अपडेट »

पूर्व मुख्यसचिव पौड्याल माओवादी केन्द्रका कार्यक्रमहरुमा सहभागि भएपछि...

शनिबार, ०९ असोज २०७८

गुल्मी। आफु नेपाल सरकारको मुख्य सचिव हुँदा गुल्मी जिल्ला साना देखि कैयौ्र ठुला योजनाहरु पार्न मुख्य भुमिका खेलेर गुल्मीका धेरै नेता देखि जनताहरु रिझाएका पुर्व मुख्य सचिव लिलामणि पौड्याल हालै माओवादी केन्द्र गुल्मीका विभिन्न भेला–सम्मेलनमा खुलेरै लागे पछि सो पार्टीको माहौलनै फेरिएको छ ।

पौड्यालले जिल्लाको आफ्नै जन्मथलो जिल्लाको रुरु क्षेत्र गाउँपालिकाबाट माओवादी केन्द्रका वडास्तरको सम्मेलनमा सहभागि हुँदै सो पार्टीका कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै आएका छन् । शनिवार पनि सो पार्टीले वडा नम्वर ४ बलेटक्सारमा आयोजना गरेको वडा सम्मेलनमा प्रमुख अतिथीको आशनबाट सम्वोधन गरेका थिए । रुरु क्षेत्र गाउँपालिकाको सो वडा माओवादी संगठन कम्जोर मानिन्थ्यो तर शनिबारको सम्मेलनमा मानिसहरुको सहभागिता विगतको भन्दा दोब्बर बढि देखिन्थ्यो ।

अहिलेको शासन ब्यवस्था ल्याउने माओवादी भएको तर जस ल लिने अरु पार्टी भएको भन्दै पौड्यालले यस्तो ब्याङ्ग गरे–‘ उहि क्या ? काम गर्ने कालु मकै खाने भालु भने जस्तो। ’ उनले मुलुक रुपान्तरणको एजेण्डा बोक्ने र दलित लगायत पछाडी परेको वर्ग समुदायलाई राज्यका सबै तहमा प्रतिनिधीत्व गराउने अधिकार स्थापित गराएको पनि माओवादी नै भएको ठोकुवा गरे । उनले एमाले माओवादी पार्टीमा आकास जमिनको फरक भएको टिप्पणी गर्दै भने–‘ उनीहरुले सामाजिक सञ्जालमा गाली गर्दै भ्रम छर्छन, तपाईहरुले अब संगठित रुपमा प्रतिवाद गर्नुहोस र सबै भन्दा बढि भ्रष्टचार बिरुद्ध लड्नुहोस् । ’

जुन गाउँपालिका नेकपा एमालेका प्रभावशाली नेता एवं पुर्वमन्त्री प्रदिप कुमार ज्ञवालीको पनि गाउँ हो। विगतमा नेकपा एमालेको बर्चश्व रहेको बलेटक्सार सहितको विभिन्न वडामा पुर्व मुख्य सचिव माओवादी केन्द्रका भेला सम्मेलनहरुमा सहभागि हुँदै आए पछि एमाले कार्यकर्ताहरुले सामाजिक सञ्जालनमा उनको आलोचना गर्दै आएका छन्।

उनीहरुको त्यस्तो आलोचनालाई माओवादी केन्द्रका कार्यकर्ताहरुले एमालेहरु अत्तालिएको संज्ञा दिएका छन् ।विगतमा केहि दिन यता एमालेका कार्यकर्ताहरुले पुर्व मुख्यसचिव पौड्याल रुरु क्षेत्र गाउँपालिकाका प्रत्येक वडामा हुने माओवादी केन्द्रको भेला–सम्मेलनमा सहभागि हुँदै आए पछि सामाजिक सञ्जालमा आलोचना गर्दै आएका छन् । त्यसलाई माओवादी केन्द्रका कार्यकर्ताहरुले एमाले कार्यकर्ताहरु अत्तालिएको टिप्पणी गरेका छन् । त्यस्तो प्रबृत्तिलाई पुर्व मुख्य सचिव पौड्यालले भ्रमको खेतीको संज्ञा दिदै माओवादी कार्यकर्ताहरुलाई संगठित रुपमा प्रतिवाद गर्न हौसाएका छन् ।

पौड्यालले माओवादी केन्द्रका वडा सम्मेलनबाट निर्वाचित पार्टी कमिटी र वाईसियल वडा कमिटीलाई सपथ समेत खुवाउँदै आएका छन् । उनले माओवादीको पार्टी सदस्यता भने आफुले नलिएको बताउँदै आएका छन् ।