ताजा अपडेट »

नेप्से ३.८७ अंकले बढ्यो, ४३ करोडको कारोबार

बुधबार, १८ भदौ २०७६

भाद्र १८,
काठमाण्डौं । बुधवार नेप्से परिसूचक ३ दशमलव ८७ अंक बढेर १ हजार १९४ दशमलव ७७ विन्दुमा पुगेको छ । १ हजार १९२ दशमलव २२ विन्दुबाट शुरु भएको परिसूचक कारोबार पहिलो घण्टामा घटेर १ हजार १८३ दशमलव ४० विन्दु सम्म पुगेको थियो ।

सो पश्चात उकालो लागेको बजार कारोबारको तेस्रो घण्टाको अवधिमा १ हजार १९८ दशमलव ४८ को विन्दुमा पुगेको थियो । अनन्त काराबोरको अवधिभर नेप्से परिसूचक गत कारोबार दिनको तुलनामा शून्य दशमलव ३२ प्रतिशत बढेर बन्द भएको छ । यस दिन कारोबारमा आएका ११ समूहमध्ये वित्त, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक बढेर बन्द हुदाँ समग्र नेप्से परिसूचकमा सुधार देखिएको छ । यस दिनको कारोबारमा म्युचुअल फन्ड समूहको परिसूचक सर्वाधिक शून्य दशमलव ९९ प्रतिशत बढेर बन्द भएको छ भने बैंकिङ समूहको परिसूचक शून्य दशमलव ५६ प्रतिशतले बढेको छ । यस्तै, घटेर बन्द हुनेमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ७८ प्रतिशत र वित्त समूहको परिसूचक शून्य दशमलव ६२ प्रतिशत घटेको छ । 

बुधवारको कारोबार

बैंकको शेयरमा साना तथा ठूला दुबै किसिमका लगानीकर्ताको आकर्षण देखिएको छ। यसमा १०० कित्तासम्मको कारोबारको हिस्सा ४२ प्रतिशत छ। त्यस्तै तीन लाख ४० हजार कित्ताको म्याचिङ कारोबार भएको देखिन्छ। यसैले बैंकको सबैभन्दा धेरै कारोबार भएको हो। 

बुधबार ८९ वटा कम्पनीको शेयर बढेको छ भने ४४ वटा कम्पनीको मूल्य घटेको छ। फाइनान्स, उत्पादन तथा प्रशोधन र अन्य कम्पनीहरुको सूचक ओरालो झरे पनि बाँकी सूचक सुधार देखिएका छन्। पाँचथर पावर कम्पनीको शेयर अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य १०६ रुपैयाँ पुगेको छ। 

बुधवारको दिन रू. ४३ करोड ६४ लाख बराबरको शेयर कारोबार भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा १४ दशमलव ५२ प्रतिशत घटेको हो । गत कारोबार दिन मंगलवार रू. ५१ करोड ५ लाख रकम बराबरको कारोबार भएको थियो । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ६३ अंक बढेर २ सय ६० दशमलव ८६ विन्दुमा बन्द भएको छ । बुधवार पाँचथर पावर कम्पनीको शेयरमूल्यमा ९ दशमलव २८ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य यस दिन रू. ९ ले बढेर रू. १०६ पुगेको छ । यस्तै रिडी हाइड्रोपावरको शेयरमूल्य ४ दशमलव ९४ प्रतिशत बढेर अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. ८५ कायम भएको छ । त्यसैगरी, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीको शेयरमूल्य ३ दशमलव ४२ प्रतिशत घटेर प्रति कित्ता रू. १४१ मा सिमित भएको छ । सिर्जना फाइनान्सको शेयरमूल्यमा भने ३ दशमलव ४० प्रतिशत घटेर रू. २५५ कायम भएको छ ।

११ समूहको परिसूचक