ताजा अपडेट »

कांग्रेस महाधिवेशन : रुपन्देहीका पालिकामा प्यानलनै प्यानल

शुक्रबार, ०८ असोज २०७८
2 Shares

बुटवल । नेपाली कांग्रेसको १४ औँ महाअधिवेशन अन्तरगत वडा अधिवेशन सकिएको रुपन्देहीमा असोज ९ गते शनिबार (भोली) गाउँ नगर अधिवेशन हुँदैछ। जिल्लाका सबैजसो पालिकामा सर्वसम्मत रुपमा वडा अधिवेशन सकिएपनि गाउँ नगरमा भने प्यानल बनाएर निर्वाचनको तयारी भईरहेका छन्।

गाउँ नगर अधिवेशनका लागि उम्मेदवारहरु आफ्नो पक्षमा माहोल बनाउन सक्रिय भएका छन्। केन्द्रदेखि नै देखिएको दुई पक्ष सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको देउवा ईतर गुट तल्लो तहसम्मै आएको छ। रुपन्देहीमा अधिकांश स्थानमा देउवा र पौडेलसमूह (देउवा ईतर)ले आफ्ना आफ्ना प्यानल बनाएर चुनाबी मैदानमा उत्रिएका छन्।

नेपाली कांग्रेसका प्रभावशाली नेता सरकारका गृहमन्त्री बालकृष्ण खाँण र सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह पनि यहि जिल्लाकै हुन्। खाण र शाह दुबै देउवा पक्षका हुन भने देउवा ईतरका बुटवल क्षेत्रका गोकर्ण पौडेल पनि संरचना बलियो बनाउने तवरमा हिडिरहेका छन्। पौडेल नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। केन्द्रीय नेतृत्वमा प्रवाह कम भएपनि स्थानीय क्षेत्रमा भने देउवा ईतर समुह पनि बलियो मानिन्छ ।

जिल्लाको एकमात्रै उपमहानगर बुटवलमा पनि दुबै पक्षले आ आफ्ना उम्मेद्वारी दर्ता गराएका छन् । नगर सभापतिको लागि दुबै पक्षमा धेरै आकांक्षी भईरहेको बेलामा हालका सभापति खेलराज पाण्डेले पुनः उम्मेद्वारी दिएका छन् । देउवा ईतरबाट पहिले हालका उपसभापति बिमलराज भट्टराईलाई सभापति दिने भनिएपनि पाण्डेले सहमतीमै आफु उम्मेद्वार बनेको बताए ।

देउवा पक्षबाट २ जना मुख्य आकांक्षी आईरहेको बेलामा रिता केसी उम्मेद्वार बन्दै प्यानल घोषणा गरेकी हुन। देउवा पक्षले आफ्नै पक्षका प्रजापल गिरी पछाडी हटाएर केसीलाई उम्मेद्वार बनाएको हो। उपमहानगरको दाबीको लागि दुबै पक्षले बिहीबार आ आफ्ना प्यानल घोषणा गरेका थिए।

पाण्डे प्यानलमा उपसभापतिमा ज्योति भण्डारी, उपसभापति हितमान पुन, सचिव छाँया पोखरेल, गंगा पन्थी, सहसचिव देवलाल अरगेली र सहसचिव पुरुषोत्तम खनालले उम्मेदबारी घोषणा गरेका छन ।

यसैगरि केसी प्यानलमा उपसभापतिमा नर बहादुर रजाली मगर, उपसभापति हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल, सचिव जयप्रकाश भट्टराई, सहसचिवमा सुदन बासकोटा र सहसचिवमा गणेश घिमिरे उम्मेबारी घोषणा गरेका छन ।

केसीको उम्मेद्वारी घोषणा कार्यक्रमममा मिलेर जाने सबन्धनमा भन्दापनि बिजयी हुने कुराहरु भएपनि पाण्डेको उम्मेद्वारी घोषणामा मिल्न खोज्दाखोज्दैपनि खबर नभएको भन्दै अझैपनि मिलाएर सर्वसम्मत उम्मेद्वार बनाउने प्रयास भईरहेको बताएका थिए। । नगरमा १९ वडाबाट ५ सय ८४ जना क्षेत्रिय प्रतिनिधि छनौट भएका छन ।

नेपाली कांग्रेस तिलोत्तमा नगरपालिकाको नगर सभापतिमा हरि प्रसाद तिवारीले उम्मेदवारी दिने भएकाछन्। नेतृत्वबाट आशा र अपेक्षा गर्ने मात्र होइन कि पार्टी बलियो बनाउन वडा तह देखिनै युवाको दवाब अपरिहार्य भइसकेको ले सभापति मा उठ्ने तयारी गरेको तिवारीले बताए। उनी खाँणकै पक्षका हुन्। यस्तै देउवा ईतर पक्षबाट नारयण न्यौपाने पक्षले पनि उम्मेद्वारी घोषणा गरिसकेका थिए। उनले प्यानलै बनाएर उम्मेद्वारी दिने बताएका थिए । तिलोत्तमा नगरमा १७ वटा वडाबाट पहिलो चरणमा करीब ३ सय ९२ क्षेत्रिय प्रतिनिधि छनौट भएका छन ।

यता जिल्लाको सैनामैना नगरपालिकामा देउवा पक्ष बिचकै दुईवटा प्यानल निर्वाचनको लागि तयार भएका छन् । सैनामैनामा देउवा र पौडेल समुह भन्दा पनि बालकृष्ण खाँण र भरत कुमार शाह बिचको प्रतिष्प्रधा यहाँ देख्न सकिन्छ । भरत शाहको गृह नगर सैनामैनामा एक अर्काको स्थायीत्वको लागि लडाई पहिले देखि नै हुँदै आएको हो । यहाँ रामचन्द्र पौडेल समुहका बलिया मानिएका गोबिन्द लम्सालको टिमले जता सहयोग ग¥यो त्यो पक्ष बिजय हुने जनाईएको छ ।

केही समय पहिलेदेखी नै भरत शाह पक्षका समूहमा सभापती रण बहादुर खनालको नेतृत्वमा उपसभापतिमा लोकमणी भट्टराई, उपसभापति लक्ष्मी आचार्य पौडेल, सचिव पदमा चुरामणि घिमिरे, सचिव अर्जुन पौडेल, सहसचिव मनु काउचा र सहसचिव शारदा रौतारले प्रचार शुरु गरेका छन । यसमा धेरैजसो देउवा समुहका ब्यक्तिहरु पनि रहेका छन्।

यस्तै खाँणको दबाबमा नगर सभापति कृष्ण प्रसाद पोख्रेलको नेतृत्वमा प्यानल तयार भएको छ । बिहीबार पत्रकार सम्मेलको आयोजना गर्दै पोख्रेल नेतृत्वको समुहको उपसभापतिमा निल प्रसाद थापा र मिना श्रेष्ठ, सचिव कृष्ण प्रसाद कंडेल र सुभाष पौडेल, सहसचिव श्याम प्रसाद अधिकारी र सुरेश परियारको टिमले घोषणा गरेका छन ।

सैनामैनामा ११ वटा वडाका २ हजार ४ सय ४४ जना क्रियाशिल सदस्यहरू रहेका छन । पहिलो चरणमा सम्पन्न महाधिवेशनबाट २ सय ३८ क्षेत्रिय प्रतिनिधि छनौट भएका छन ।

यता तिलोत्तमा नगर समितिमा समेत उम्मेदवारी घोषणा भएको छ। बालकृष्ण खाँणको गृह नगर तिलोत्तमामा शेर बहादुर देउवा समुहबाट नगर सभापतिमा हरिलाल पाण्डेको नेतृत्वमा उपसभापति कल्याण पौडेल, माया चौधरी, सचिव प्रदिप थापा, हुमप्रसाद पौडेल, सहसचिवमा दिपक थापा र रमेश पराजुलीको उम्मेदवारी घोषणा भएको छ ।

यता सिद्धार्थनगरमा समेत दुई समूह चुनावी मैदानमा देखिएका छन । देउवा पक्षबाट सभापतिमा कोसिस खड्का र देउवा ईतर पक्षबाट सभापतिका उम्मेदवार संजीव रेग्मीको समूह खडा भएका छन । सिद्धार्थनगरमा १३ वडाबाट २ सय ४० क्षेत्रिय प्रतिनिधि छनौट भएका छन ।

देवदह नगरपालिकामा पनि सभापति पदमा दुई लाईन देखिएको छ। देउवा पक्षमा सभापति गुणाखर भ्रुतेल र पौडेल पक्षमा भबिन्द्र प्रसाद पाण्डेले उम्मेदबारी घोषणा गरेका छन । अन्य पदमा भने ब्यक्तिगत उम्मेदबारी घोषणा गरेका छन। देवदह नगरमा १२ वडाबाट करीब १ सय ८० जना क्षेत्रिय प्रतिनिधि छनौट भएका छन् ।