काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको छ ।मुम्बईले दिएको १५६ रनको लक्ष्य पछाएको कोलकोताले १५.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
कोलकोताको जितमा राहुल त्रिपाठीले सर्बाधिक अविजित ७४ रन बनाएका थिए भने वेन्केटेश अय्यरले ५३ र शुभमन गिलले १३ रन बनाएका थिए ।मुम्बईका जसप्रित बुमराहले ३ विकेट लिएका थिए ।यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै १५५ रन बनाएको थियो ।
मुम्बईका लागि क्वेंटन डी ककले ५५, कप्तान रोहित शर्माले ३३, केरोन पोलार्डले २१, क्रुनाल पाण्डेयले १२, इशान किशनले १४ रन बनाएका थिए ।त्यस्तै कोलकताका बलरहरु लुकी फर्गुशन र प्रसिद् कृष्णले २-२ विकेट लिए भने सुनिल नारनले एक विकेट लिएका थिए ।
यो सँगै कोलकोताले यस आइपिएलमा अहिलेसम्म ९ खेलमा चौथो जित हासिल गरेको छ । कोलकोताको ८ अंक छ भने अंक तालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै मुम्बईको यस सिजनमा यो पाँचौ हार हो । ९ खेलमा ८ अंक हासिल गर्दै मुम्बई छैटौ स्थानमा रहेको छ ।
प्रतिक्रिया