भाद्र १८,
ग्लोबल आवाज
बुटवल । सांसद तथा कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आराम गर्ने बेला आएको बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम गर्न दिन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे संसदमा जानकारी किन गराइएन भन्दै प्रश्न उठाए । कार्यकारीणी अधिकार प्राप्त प्रधानमन्त्री लामो समय देश बाहीर रहँदा राजष्ट्रिय सुरक्षा तथा कुटनीतिक मर्यादामा असर गर्ने उल्लेख गर्दै थापाले भिडियो कन्फरेन्सबाट संसदलाई सम्बोधन गर्दैमा शासकीय जिम्मेवारी पुरा हुन नसक्ने बताए । ‘कम्युनिष्ट पार्टीका युवा साथीहरूले धेरैपटक प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गरेको सुनेको छु,’ थापाले भने, ‘प्रधानमन्त्री बासरह हुनुहुन्छ । हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौं ? बा धपेडी नगर्नुुस्, आराम गर्नुस्, विश्राम गर्नुस् । हामी हाम्रो बालाई त्यसो भन्छौं तर हाम्रो प्रधानमन्त्री बालाई किन यसो भन्न सक्दैनौं ?’
सत्तारूढ नेकपामा प्रधानमन्त्री हुन इच्छा राख्ने र पहिला पनि प्रधानमन्त्री भइसकेका नेताहरू भएको उल्लेख गर्दै उनले बिरामी भएका प्रधानमन्त्रीलाई पार्टीले विश्राम दिनुपर्ने बताएका छन् । ‘प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस्,’ उनले भने, ‘यो सरकारको मात्र कुरा होइन मानवीयताको कुरा पनि हो ।’ ‘प्रधानमन्त्रीको स्वास्थ्यभित्र कांग्रेसको अस्तित्व नखोजौं’
प्रतिक्रिया