ताजा अपडेट »

बार्सिलोनाको खराब प्रदर्शन जारी, काडिजसँग बराबरीमा रोकियो

शुक्रबार, ०८ असोज २०७८

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना काडिजविरुद्ध बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना काडिजसँग गोलरहित बराबरीमा रोकिएको हो ।

काडिजको घरेलु मैदानमा भएको खेलमा फ्रेन्की डी जोंगले खेलको ६५औ मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । डी जोंगले दुई पहेलो कार्ड पाएपछि मैदान छोडेका थिए ।यस सिजनमा बार्सिलोनाको यो तेस्रो बराबरी हो । 

बार्सिलोनाले आफ्ना पछिल्ला तीन खेलमा जित हासिल गर्न सकेको छैन । यसअघि च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना बायर्न म्युनिखसँग ३-० ले पराजित भएको थियो भने ला लिगाको खेलमा ग्राण्डासँग १-१ को बराबरी खेलको थियो । 

अहिलेसम्म बार्सिलोनाले ५ खेलमा २ जित र ३ बराबरीसहित ९ अंक हासिल गर्दै लिगको सातौ स्थानमा रहेको छ ।त्यस्तै काडिजको भने ६ खेलमा ६ अंक रहेको छ र लिगमा १४औ स्थानमा रहेको छ ।