ताजा अपडेट »

कांग्रेस महाधिवेशन : तिलोत्तमा नगरको सभापतिमा हरिलाल पाण्डेको उम्मेद्वारी घोषणा

विहीबार, ०७ असोज २०७८

बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिकाको निर्वाचन नजिकिएसँगै निर्वाचनको सरगर्मी बढेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सभापतिको लागि हरिलाल पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै उपसभापतिमा कल्याण पौडेल र माया चौधरी सचिवमा प्रदिप थापा र हुमप्रसाद पौडेल सहसचिवमा दिपक थापा र रमेश पराजुलीले पनि उम्मेद्वारी घोषणा गरेका छन् ।

बिहीबार तिलोत्तमाको नगरपालिकाको मणिग्राममा आयोजित उम्मेद्वारी घोषणा सभाको उद्घाटन गर्दै कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकले प्रजातान्त्रिक पद्धति अनुसार नै पार्टीलाई चुस्त दुरुष्ट लग्दै गरेको बताए । सो अवसरमा कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य प्रेम खरेल, गंगा शाहि, शिव नेपाल, चित्र केसी, मनोरमा शेरचन, कुल प्रसाद लामिछाने, चिरन्जिवि पौडेल, तरुण दल रुपन्देही जिल्लाका कोषाध्यक्ष बासु बश्यालले शुभकामना दिएका थिए । तिलोत्तमा नगरपालिकाका १७ वटा वडाबाट ३९२ जना क्षेत्रीय प्रतिनिधी चयन भएका छन् ।

सभापतिका उम्मेदवार पाण्डेले पार्टी भित्रको गुटबन्दीलाई अन्त्य गरि संगठनलाई अनुशासित रुपमा चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरे ।