गुल्मी । गुल्मीको मालिका गाउँपालिका (जिरो होम डेलिभरी ) जिल्लाकै पहिलो पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषणा गरिएको छ। बिहीबार एक समारोहका बीच त्यस गाउँपालिकाले जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीद्वारा पूर्ण संस्थागत गाउँपालिका घोषणा गराएको हो । २०७५ सालदेखि गाउँपालिका भित्र रहेका सुत्केरीको घरमा हरियो झणडा , हातहातमा अन्डा कार्यक्रम लागू गरिएको र स्वास्थ्य कर्मिलाइ तालिमका साथै थप प्रोत्साहनका कार्यक्रम गर्दै अहिले आएर पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषणा गर्न सफल भएकोस्वास्थ्य साखा प्रमुख बसन्त भुसालले बताए।
गर्भवती महिलाहरुलाई घरबाट स्वास्थ्य संस्थासम्म र स्वास्थ्य संस्थाबाट घरसम्म जानका लागि ८ वटै वडामा निःशुल्क एम्बुलेन्सको ब्यवस्था समेत गरिएको भुसालले जानकारी दिए। घरमै सुत्केरी गराउँदा जोखिम रहने भएको र बिगतमा कयौं महिलाको ज्यान समेत गएकोले अब त्य्स्स्तो अबस्था अन्त्य भएको गाउँपालिका उपाध्यक्ष देवा अर्याल रिजालले बताइन्। सदरमुकाम तम्घासबाट ४० किमि दूरीमा रहेको मालिका गाउँपालिका उत्तर बागलुङको सिमानामा छ।
बागलुङसँग जोडिएको साविक दर्लीङ गाविस हाल ओडा न २ को स्वास्थ्य चौकिमा गत दुई दसक देखि अहेव रहँदै आएका ओम बहादुर भण्डारी मगरले भने दर्लिङका महिलालाई प्रस्तुति सेवा दिलाउनको लागि साढे २ घण्टा हिँडेर मलाई लिन आउँथे म त्या पुग्दा ५ घण्टा लाग्थेओ त म पुग्दा ती महिलाको मृत्यु भैसकेको हुन्थ्यो । भण्डारीले गला अवरुद्ध पार्दै स्मरण गर्दै भने ‘एक पटक दर्लिङदेखि अर्जैसम्म स्टेचरमा बोकेर महिलालाई हिडालेउ अर्जै पुगेर गाडीमा चढायौं तर, उनको तम्घास नपुराउँदै छल्दमा मृत्यु भयो। अब ती दिन र अहिले आकाश–पाताको फरक भएको छ र मालिका गाउँपालिकालाई धन्यवाद दिन्छु।’
वार्ड नं. ६ का अध्यक्ष एव गाउँपालिका सामाजिक विकास समिति सयोजक शोभागर गिरीले दुर्गम गापा भएकाले पालिकाबासीलाई सहज स्वास्थ्य सेवा भएको बताए । वडा नम्बर ७ का वडाध्यक्ष बेदप्रसाद पन्थीले जनचेतना अभावमा अझै पनि काम गर्दागर्दै सुत्केरी भइन्छ भन्ने मानसिकता चूनौतीको विषय रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जिरो होम डेलिभरी सेवा दिनका लागि ९ जना स्वास्थ्यकर्मी पालिकाले तलव खुवाउने गरि नियुक्ति गरेको र ७१ जना स्वास्थ स्वयंसेविहरुलाइ केन्द्र सरकारले तिने भत्ताको सतप्रतिशत भत्ता पालिकाले नै उपलब्ध गराउने गरेको बताए ।
जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुली र इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले जेरो होम डेलिभरी गाउँपालिका घोषणा गर्ने पहिलो बनेको मालिका गाउँपालिकालाइ बधाई दिए । त्यस पालिका प्रमुख रित बहादुर थापाले पालिकाबासीलाई स्वास्थ्य सेवामा सहज पहुच पुराउने गरि पालिकाले काम गरिरहेको दावी गरे ।
प्रतिक्रिया