ताजा अपडेट »

बुटवलमा जाभा भित्रिएको वार्षिकीमा ‘जाभा दशैं फेष्टो’

विहीबार, ०७ असोज २०७८

बुटवल । अन्तर्राष्ट्रिय बजारमा नाम कमाएको जाभा कम्पनीको बाईक बुटवलमा भित्रिएको एक वर्ष पूरा भएको छ । रुपन्देहीमा अमाएरा ट्रेडिङ प्रालिले एक वर्ष अघि भित्राएको हो । पहिलो वार्षिकोत्सवसँगै दशैं फेष्टो सप्ताहब्यापी रुपमा मनाउने भएको छ ।

बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरि पर्यटन प्रवर्द्घनका कार्यक्रमसहित बुटवलदेखि रानीमहल, भैरवस्थानसम्म पर्यटन यात्रा, प्याराग्लाईडिङ खेलसमेत गरिने भएको अमाएरा ट्रेडिङ प्रालिका संचालक नरेश जिसिले बताए । समृद्धि रिसोर्टमा एक नाईट स्टेको ब्यवस्था गरिएको उनले बताए । एक वर्षको छोटो अवधिमा नै बजारमा राम्रो विक्रि वितरण भैरहेको उनले बताए । ब्यापारसँगै पर्यटन प्रवर्द्घन गर्ने लक्ष्य रहेको उनले बताए । विहिबार हुने यात्रामा ३५ जना बाईक राईडरहरु सहभागी हुने उनले बताए । यस क्षेत्रका पर्यटकीय क्षेत्रहरुको भ्रमणसँगै दशै अफरमा राईडिङ ज्याकेट, हेल्मेट, लेगार्ड समेत उपलब्ध हुने उनले बताए ।

चेक रिपब्लिकमा निर्माण भएको बाईक अहिले महिन्द्रा कम्पनीले भारतमा उत्पादन गर्दै आएको छ । नेपालमा भने अग्नि ग्रुपले भित्राएको हो । रुपन्देहीमा अमाएरा ट्रेडिङ प्रालिले एक वर्ष अघि भित्राएको हो । विश्वमा नै १९२९ मा पहिलोपटक निकालिएको यो पुरानो बाईक भएको उनले दाबी गरे । विक्रिसँगै सेवासुविधालाई प्राथमिकता दिएसँगै पछिल्लो समय बाईकको नेपाली बजार राम्रो रहेको उनले बताए । शुरुवातमा धेरै युवाहरुमाझ आकर्षक मोडलका कारण नै जाभा क्लासिक, जाभा ४२ गरि ३०० सिसिका र जाभा प्यारेक ३५० सिसिका ३ मोडलमा रहेका छन ।

सिङ्गल च्यानल एभिएस र डबल च्यानल एभियस गरि यसको विशेषताका आधारमा मूल्य फरक रहेका छन् । नेपाली बजारमा युवाहरुमाझ धेरै लोकप्रिय रहेको छ । बाईक १४ लिटर पेट्रोल ट्याङ्क र ७ सय ६५ एमएम सिट उचाई भएको, विएसिक्स इन्जिन, लिक्विण्ड कुलिङ इन्जिन र ईएफआई विथ ६ गियर रहेको छ । बाईकको मूल्य ६ लाख २० हजार रुपैयादेखि शुरु भएको छ ।